देश/प्रदेश
राजदूत पाण्डेले लिए शपथ
०

काठमाडौँ, वैशाख १४–
राष्ट्रपति विद्यादेवी भण्डारीले जनवादी गणतन्त्र चीनका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त हुनुभएका महेन्द्रबहादुर पाण्डेलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको छ ।
राष्ट्रपति कार्यालय शीतलनिवासमा आज आयोजित एक समारोहबीच राष्ट्रपति भण्डारीले पाण्डेलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको हो ।
राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले जारी गर्नुभएको प्रेस विज्ञप्तिमा राष्ट्रपति भण्डारीले जनवादी गणतन्त्र चीनका लागि नेपालको आवासीय राजदूत पाण्डेलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको उल्लेख छ । समारोहमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली तथा नेपाल सरकारका उच्चपदस्थ अधिकारीको उपस्थिति रहेको थियो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>