देश/प्रदेश

कोरोनाविरुद्ध अग्रपंक्तीमा रहेर कार्य गर्नेलाई हिमानी ट्रष्टद्धारा सहयोग

Banner

काठमाडौं, वैशाख १४–

हिमानी ट्रष्टले कोरोना भाइरस (कोभिड–१९) विरुद्ध अग्रपंक्तिमा रहेर कार्य गर्ने स्वास्थ्यकर्मी, प्रहरी, संचारकर्मी, कर्मचारी र जनप्रतिनिधिहरुलाई अत्यावश्यक सुरक्षा सामग्रीहरु सहयोग गरेको छ । ट्रष्टले व्यक्तिगत सुरक्षा सामग्री (पीपीइ), मास्क, पञ्जा, स्यानीटाईजरलगायत सामग्री वितरण गरेको हो ।

आज हिमानी कोषले काठमाण्डौ मेडिकल कलेजलाई आवश्यक सामग्रीहरु प्रदान गरेको छ । हिमानी कोषकी उपाध्यक्ष प्रेरणा राज्य लक्ष्मी देवी सिंहले उक्त सामग्रीहरु हस्तान्तरण गरेकी हुन् । यस्तै २० संचार माध्यमका संचारकर्मीलाई समेत आपतकालिन समयमा आवश्यक सामग्री प्रदान गरिएको छ ।

राहत वितरणकालागि आज कोषको कार्यालय बालुवाटारमा राखिएको कार्यक्रममा बोल्दै काठमाण्डौ मेडिकल कलेजकी प्रमुख प्राध्यापक डा. चन्दा कार्कीले नेपालमा समाजसेवा प्रति राजसंस्थाले खेलेको भुमिका अतुलनीय भएको उल्लेख गरिन् । उनले आफुले महाराजधिराज महेन्द्र, बडामहारानी रत्न, महाराजधिराज वीरेन्द, बडामहारानी ऐश्वर्य र महाराजधिराज ज्ञानेन्द्र, अधिराजकुमारी हेलेन, शाहज्यादी जयन्तीका पालामा भएको समाजसेवा र उनीहरुको देश प्रतिको लगावलाई कुनै शब्दले व्याख्या गर्न नसक्ने बताइन् ।

सोही कार्यक्रममा बोल्दै हिमानी कोषकी कोषाध्यक्ष शिताष्मा राज्य लक्ष्मीदेवी शाहले हिमानी कोषले देशका नागरिकलाई असजिलो परेका समयमा सधैँ तत्परताका साथ सहयोग गरेको र कोभिड–१९ का कारण उत्पन्न महामारीविरुद्ध पनि कोषले उत्तिकै सहयोग गरिरहेको र अझ पनि भोक र रोगबाट ग्रसितहरुलाई आवश्यक खाद्यान्न र औषधी उपचारमा समेत सहयोग जारी राख्ने बताइन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>