Breaking News
समाजवादी र राजपाको पार्टी दर्ता रोक्न माग गर्दै निर्वाचन आयोगमा उजुरी
०

काठमाडौँ, वैशाख १४-
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को भातृ संगठन युवा संघले संघीय समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको एकता प्रक्रिया रोक्न माग गर्दै निर्वाचन आयोगमा उजुरी दर्ता भएको छ । युवा संघका केन्द्रीय सदस्य अमित लामाले उजुरी दर्ता गराएका हुन् ।
नयाँ दलको उद्देश्य नेपालमा बहु राष्ट्रिय राज्य काम गर्ने भनी उल्लेख गरिएको भन्दै दल दर्ता खारेजी हुनुपर्ने जिकिर निवेदनमा गरिएको छ ।
‘छुट्टै देश अर्थ झल्कने गरी दल दर्ता गर्न प्रस्ताव गरिएकाले नेपालको संवधानको धारा २६९ को ५ विपरित प्रस्ताव गरिएकाले उक्त दल दर्ता प्रक्रिया रोकी पाउन यो निवेदन पेश गरेका छौँ’ निवेदनमा भनिएको छ ।
राजपा र समाजवादीपार्टी बीच एकीकरण भएकर जनता समाजवादी पार्टी गठन भएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>