अन्तर्राष्ट्रिय
कोरोनाले अमेरिकामा मृत्यु हुनेको संख्या ५४ हजार नाघ्यो
०

काठमाडौं,बैशाख १४ –
करिव ४ महिनादेखि फैलिएको कोरोना भाइरसको महामारीले अमेरिकामा मृत्यु हुने मानिसको संख्या ५४ हजार नाघेको छ ।
यो समाचार तयार पार्दासम्म थप २ हजार ५५ जनाको मृत्यु भएको छ । योसँगै कोरोनाको संक्रमणबाट अमेरिकामा मृत्यु हुनेको संख्या ५४ हजार २४८ पुगेको हो ।
पछिल्लो २४ घण्टामा त्यहाँ ३५ हजार २९३ जना नयाँ संक्रमित थपिएका छन् । योसँगै संक्रमित हुने मानिसको संख्या ९ लाख ६० हजार ५२५ पुगेको छ । अमेरिकामा संक्रमितमध्ये १ लाख १८ हजार १६२ जना उपचारपछि निको भएका छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
छुटाउनु भयो कि?
>