जोडिनुहोस

Banner

चितवन, वैशाख १३–

चितवनको सबैभन्दा पुराना क्लव, लियो क्लव अफ नारायणगढको वर्ष २०२०/२१ को अध्यक्षमा गणेश जिसी चयन भएका छन् । शनिबार भएको अनलाइन अधिवेशनले सर्वसम्मत रुपमा जिसी अध्यक्षमा चयन भएका हुन् ।

नयाँ कार्यसमितिको प्रथम उपाध्यक्षमा मोहन तिवारी, द्धितीय उपाध्यक्षमा अस्मिता रेग्मी, तृतीय उपाध्यक्षमा प्रशिद्ध घिमिरे चयन भएका छन् । यस्तै क्लवको सचिवमा मदन सापकोटा, सह–सचिवमा तिलक भुषाल, कोषाध्यक्षमा पूजा मगर र सह–कोषाध्यक्षमा देव क्षेत्री चयन भएको क्लवका वर्तमान अध्यक्ष कृष्णचन्द्र पौडेलले जानकारी दिए ।

नयाँ कार्यसमितिको कार्यकालय जुलाई महिनादेखि सुरु हुन्छ । नवनिर्वाचित अध्यक्ष जिसीले लियो क्लव अफ नारायणगढ चितवनको पुरानो र ऐतिहासिक क्लव भएकाले यसको गरिमालाई उचो बनाएर अघि बढ्ने बताए । उनले सामाजिक कार्यनै लियोको मुल धर्म भएकाले सोही अनुसार विगतका कार्यक्रमलाई निरन्तरता दिँदै अन्य विभिन्न नयाँ कार्यक्रमहरु संचालन गर्ने बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *