जोडिनुहोस
मङ्लबार, फाल्गुन १८, २०७७
मङ्लबार, फाल्गुन १८, २०७७
  • होमपेज
  • चितवन ग्रीन लायन्सको अध्यक्षमा सुमन

चितवन ग्रीन लायन्सको अध्यक्षमा सुमन

चितवन, वैशाख १३–

चितवन ग्रीन लायन्स क्लबको अध्यक्षमा सुमन कोइराला चयन भएका छन् ।

क्लबको आज (शनिबार) अनलाईन मार्फत भएको छैठौं अधिबेशनबाट कोइराला अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् । क्लबको प्रथम उपाध्यक्षमा देवेन्द्रराज रेग्मी, द्धितीय उपाध्यक्षमा गुणराज दाहाल, तृतीय उपाध्यक्षमा समुन्द्र अर्याल, सचिवमा भविन्द्र गुरुङ, सह–सचिवमा सुरेश पौडेल, कोषाध्यक्षमा गणेश लामिछाने र सह–कोषाध्यक्षमा दीपेन्द्र खड्का चयन भएका छन् । नयाँ कार्यसमितीको अवधि १ वर्षको हुनेछ ।

संस्थापक अध्यक्ष भोजबहादुर खड्का संयोजक, निर्वाचन अफिसर आईपीपी डिल्लिराम अधिकारी, निर्वाचन अधिकृत दिपकचन्द्र भट्टराई रहने गरी गठित निर्वाचन कमिटीले निर्वाचन सम्पन्न गरेको हो । पहिलो शत्रमा सचिव समुन्द्र अर्यालले सचिवको तथा कोषाध्यक्ष भवेन्द्र गुरुङले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । यस्तै वर्तमान कार्यसमितीका अध्यक्ष किशोरचन्द्र सापकोटाले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । क्लबका नवनिर्वाचित अध्यक्ष कोइरालाले बर्तमान कार्यसमिती, निर्वाचन कमिटी एवं सर्वसम्मत चयन गर्नका लागि सहयोग गर्ने सबैलाई धन्यवाद ब्यक्त गरेका छन् ।

कार्यक्रमका प्रमुख अतिथी लायन्स क्लब इन्टरनेशनल ३२५ बी टु नेपालका सेकेन्ड भाईस डिस्ट्रिक्ट गभर्नर रामप्रसाद भट्टले समग्र लायनबादको विषयमा जानकारी गराए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका