Breaking News
आन्तरिक तथा बाह्य हवाई उडान जेठ ३ सम्म स्थगित
०

काठमाडौं, वैशाख १३-
सिंहदरबारमा बसेको कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको बैठकले आन्तरिक तथा बाह्य हवाई उडान आगामी जेठ ३ गतेसम्मका लागि स्थगित गर्ने निर्णय लिएको छ ।
शनिबार सिंहदरबारमा समितिका संयोजक ईश्वर पोखरेलको अध्यक्षतामा बसेको बैठकले आन्तरिक तथा बाह्य हवाई उडान जेठ २ गतेसम्मका लागि स्थगित गर्ने निर्णय गरेको हो। यसअघि वैशाख १८ गतेसम्मका लागि हवाई उडानमाथि रोक लगाइएको थियो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायण बिडारीका अनुसार शनिबार बसेको समितिको बैठकले जेठ २ (मे १५) सम्मका लागि सबैखाले उडानलाई लकडाउनमै राख्ने निर्णय गरेको हो ।
आजको बैठकमा लकडाउनकै कारण कोरोना नियन्त्रण सम्भव भएको निचोड निकालेको जनाउँदै बिडारीले स्थिति नियन्त्रण बाहिर जान नदिन अन्य उपाय पनि अपनाइने उल्लेख गरे ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
छुटाउनु भयो कि?
>