Breaking News
निको भए थप ४ जना कोरोना संक्रमित, डिस्चार्जको तयारी
०

काठमाडौं, वैशाख १३-
वीरगञ्जको नारायणी अस्पतालमा उपचारत ४ जना कोरोना संक्रमित निको भएका छन् ।
कोरोनाका बिरामीको उपचारमा खटिएका डाक्टरका अनुसार चैत ३० गते र बैशाख २ गते भर्ना भएका ४ जना कोरोना संक्रमित उपचारपछि निको भएका हुन् ।
विरगञ्जको स्थानीय मस्जिदमा रहेका ३ जना भारतीय नागरिक र बैशाख २ गते भर्ना भएका रौतहटका एक युवामा कोरोना संक्रमण निको भएको हो ।
चैत ३० गते भर्ना भएका क्रमश ३४,४४ र ५५ वर्षका भारतीय नागरिक निको भएको र रौतहटका १९ वर्षीया युवामा कोरोनाको पछिल्लो दुई पटकको रिपोर्ट नेगेटिभ आएको हो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>