समाज
आज देशभर चट्याङ्ग र हावाहुरीसहित वर्षा हुने
०

चितवन,बैशाख १३-
देशभरको मौसम बदली भएको छ भने विभिन्न क्षेत्रमा पानी परेको छ । शनिबार दिनभर नै देशका अधिकांश क्षेत्रको मौसम सामान्यतया बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी वायु र स्थानीय वायुको प्रभावसँगै बंगालको खाडीबाट समेत जलवाष्पयुक्त हावा नेपाल प्रवेश गरेकाले मौसम बलदीसँगै पानी परेको मौसमविदले बताएका छन् ।
अहिले पूर्व र मध्य भू–भाग तथा पश्चिमका पहाडी क्षेत्रमा सामान्य बदली रहेको छ । यस्तै बाँकी क्षेत्रमा आंशिक बदलीको अवस्था छ । पूर्व र मध्यका केही स्थानमा वर्षा भइरहेको छ ।
दिउँसो देशभर सामान्य बदली रहने मौसमविदले बताएका छन् । पश्चिमका केही स्थान र मध्य तथा पूर्वका केही स्थानमा मेघगर्जन र चट्याङ्ग तथा हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>