समाचार
ट्रम्पको अति खतरनाक टिप्पणी !

काठमाडौँ, वैशाख १३-
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आलोचनासँगै उनको टिप्पणीको जवाफ दिनु पर्दा डाक्टर तथा अरु अधिकारीहरु समस्यामा आएका हुन् ।
ट्रम्पले बिहीबारको ह्वाइट हाउस कोरोना भाइरस टास्क फोर्सको ब्रिफिङ्गको क्रममा मानिसलाई ब्याक्टेरिया नाशक रसायनसहितको इन्जेक्सन लगाएमा शरीरमा रहेको कोरोना भाइरस मर्ने टिप्पणी गरेका थिए । यस्तै उनले घाममा बस्दा पनि भाइरसको अन्त्य हुने उल्लेख गरेका थिए ।
ब्याक्टेरिया नासक इन्जेक्सन सम्बन्धी टिप्पणीको चौतर्फी आलोचना भएको छ । स्वयम् डाक्टर तथा उच्च स्वास्थ्य अधिकारीले ट्रम्पको टिप्पणी अति खतरनाक र भ्रमपूर्ण वा पथभ्रष्ट गर्ने खालको रहेका भन्दै खारेज गरेका छन् ।
यसैगरी ब्याक्टेरिया वा जीवाणु नाशक रसायन उत्पादन गर्ने प्रमुख कम्पनीले पनि ट्रम्पको टिप्पणीपछि कडा चेतावनी दिँदै आफ्ना उत्पादन मानव शरीरमा नलगाउन सचेत गराएको छ ।
जीवाणु नाशक रसायन उत्पादक रेकिट बेनकाइजरले भनेको छ, ‘कुनै पनि अवस्थामा हाम्रा उत्पादनहरु इन्जेक्सन मार्फत वा अरु कुनै माध्यमबाट शरीरमा नलगाउनु होला ।’
राजनीतिक नेताहरुले पनि ट्रम्पको टिप्पणीले गम्भीर स्वास्थ्य समस्या उत्पन्न गर्न सक्ने भन्दै आलोचना गरेका छन् । चौतर्फी आलोचना भएपछि ट्रम्पले शुक्रबारको ब्रिफिङ्गको क्रममा बिहीबार आफूले गरेको टिप्पणी ‘व्यंग्यात्मक’ रहेको बताएर बच्ने कोशिस गरे ।
उनले शुक्रबारको ब्रिफिङ्गमा पत्रकारका प्रश्नको जवाफ दिएनन् ।
तर जीवाणु नाशक इन्जेक्सन सम्बन्धी टिप्पणीको चौतर्फी आलोचना भइरहेका बेला उनले पत्रकारका प्रश्नको सामना नगरेका हुन् ।