जोडिनुहोस
  • होमपेज
  • कोरोना भाइरस : ज्यान गुमाउनेकाे संख्या २ लाखनजिक, ७ लाख ८० हजार उपचारपछि घर फर्किए

कोरोना भाइरस : ज्यान गुमाउनेकाे संख्या २ लाखनजिक, ७ लाख ८० हजार उपचारपछि घर फर्किए

काठमाडौं, वैशाख १३–

विश्वमा कोरोना भाइरस अर्थात् कोभिड-१९ को संक्रमण पछि अस्पताल भर्ना भएका ७ लाख ८० हजार ८५ जना मानिस उपचारपछि निको भएर घर फर्किएका छन् । संक्रमणबाट ज्यान गुमाउनेको संख्या २ लाखनजिक पुगेकाे छ ।

विभिन्न तथ्याङ्क निकाल्ने संस्था वर्ल्डो मिटर्स डट इन्फोका अनुसार शनिबार बिहानसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १ लाख ९७ हजार ७४ पुगेको छ । संक्रमण हुनेको संख्या भने २८ लाख २७ हजार ८१६ पुगेको छ ।

शनिबारसम्म युरोपमा ३ लाख ९३ हजार १८८ जना कोरोनाको संक्रमणबाट मुक्त भएका छन् भने १ लाख १७ हजार ३२४ जनाको मृत्यु भएको छ ।

यस्तै उत्तर अमेरिकी मुलुकहरुमा १ लाख १३ हजार ८२० जना निको भएका छन् । ती मुलुकहरुमा ५६ हजार ८६ जनाको मृत्यु भएको छ ।

एसियाली मुलुकहरुमा २ लाख १२ हजार ५४५ जना कोरोना संक्रमित निको भएका छन् भने शनिबारसम्म १६ हजार ५८६ जनाको मृत्यु भएको छ ।

दक्षिण अमेरिकी मुलुकहरुमा ४४ हजार ४७२ जना कोरोना संक्रमित उपचारपछि निको भएका छन् भने ५ हजार ५२९ जनाको मृत्यु भएको छ ।

अफ्रिकी मुलुकहरुमा अहिलेसम्म संक्रमित भएका २९ हजार ९७८ जनामध्ये ९ हजार १२१ जना उपचारपछि घर फर्किएका छन् ।

त्यहाँ अहिलेसम्म ३० जनाको मृत्यु भएको छ भने उपाचार गराइरहेका १९ हजार ३४९ जनामध्ये १४८ जनाको अवस्था गम्भीर छ ।

तुलानात्मक रुपमा कोरोना भाइरसको संक्रमण कम देखिएको अष्ट्रेलियासहित ओसिनिया मुलुकहरुमा ६ हजार २४९ जना संक्रमित उपचारपछि घर फर्किएका छन् ।

त्यहाँ ८ हजार २३२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ भने ९६ जनाको मृत्यु भएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका