Breaking News
झापाका एक व्यक्तिमा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ४९ पुग्यो
०

काठमाडौं, वैशाख १२–
नेपालमा थप एक जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।
झापाका ६२ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आज वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा भएको परीक्षणमा ती पुरुषमा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयका सहप्रवक्ता डा.समिरकुमार अधिकारीले जानकारी दिए । उनका अनुसार ती ६२ वर्षीय पुरुष हाल अस्पतालको आइसोलेसन कक्षमा छन् । यससंगै नेपालमा कोरोना संक्रमितको संख्या ४९ पुगेको छ ।
यस्तै कोरोना निको भएर १० जना घर फर्किएका छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>