चितवन विशेष

चितवनका पत्रकारहरुको र्‍यापिड टेस्ट गर्न पत्रकार महासंघको माग

Banner

चितवन, वैशाख १२–

नेपाल पत्रकार महासंघ चितवनले जिल्लाका संचारकर्मीहरुको र्‍यापिड टेस्टसहितको परीक्षणको व्यवस्था मिलाउन माग गरेको छ ।

महासंघका अध्यक्ष राधेश्याम खतिवडाद्धारा शुक्रबार जारी विज्ञप्तीमा कोरोना भाइरसले प्रभावित पारिरहेको समयमा उच्च जोखिमकोबीचमा पनि आमनागरिकलाई सुसूचित गराउन अग्रभागमा रहेर काम गर्ने जिल्लाका संचारकर्मीहरुको ¥यापिड टेस्टसहितको परीक्षणको व्यवस्था मिलाउन माग गरिएको हो ।

यस्तै महासंघले यो संकटको अवस्थामा २०७६ चैत मसान्तसम्मको पारिश्रमिक समयमै उपलब्ध गराउन मिडिया हाउसहरुसंग आग्रह गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>