Breaking News
चितवनका मस्जिदमा रहेका २७ जना विदेशी मुस्लिम व्यक्तिको कोरोना रिपोर्ट नेगेटिभ
०

चितवन, वैशाख १२–
चितवनका विभिन्न मस्जिदमा रहेका २७ विदेशी मुसलमान समुदायका व्यक्तिको पिसिआर परीक्षण गरिएको छ । परीक्षणका क्रममा उनीहरुको नतिजा नेगेटिभ आएको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले जानकारी दिए।
भट्टका अनुसार जिल्लाका विभिन्न मस्जिदमा १९ भारतीय र आठ जना पाकिस्तानी मुस्लिम समुदायका व्यक्ति रहेका छन् । उनीहरुको सम्पर्कमा आएका व्यक्तिको पनि पहिचान गरी र्यापिड डाइग्नोस्टिक टेस्ट र पिसिआर परीक्षण गरिएको उनले जानकारी दिए ।
उनीहरुको नतिजा नेगेटिभ आएको भए पनि अहिले होम क्वारेन्टाइनमा राखिएको भट्टले बताए । उनले भने, “विदेशबाट आएका मुस्लिम सम्प्रदायका व्यक्तिलाई अहिले जहाँ छन् त्यही सुरक्षित साथ क्वारेन्टाइनमा राखिएको छ ।” उनीहरु सुरक्षा निकायको निगरानीमा रहेका उनले जानकारी दिए । –रासस
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>