Breaking News
दुई अध्यादेश आजै फिर्ता लिने तयारीमा प्रधानमन्त्री ओली
०

काठमाडौं, वैशाख ११–
प्रधानमन्त्री केपी शर्मा ओलीले दुई अध्यादेश फिर्ता लिने तयारी गरेका छन्। पार्टी भित्रकै दबाबपछि आफैंले जारी गरेका दुई अध्यादेश प्रधानमन्त्री ओलीले फिर्ता लिन लागेका हुन्।
स्रोतका अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले आजै अध्यादेश खारेज गर्ने सम्भावना छ। संविधानको धारा ११४ को १ ख मा अध्यादेश राष्ट्रपतिबाट जुनसुकैबेला खारेज हुनसक्ने प्रावधान छ।
नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिहीबार बिहान प्रधानमन्त्री ओलीलाई अध्यादेश फिर्ता लिनुको विकल्प नभएका बताएका थिए।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>