गण्डकी

चट्याङले बागलुङमा फेरि एकको मृत्यु

Banner

गलकोट,बैशाख १०-

गलकोट नगरपालिका–१ दुदिलाभाटी, टोड्केमा चट्याङ लागेर एक महिलाको ज्यान गएको छ । मङ्गबार दिउँसो परेको चट्याङबाट अन्दाजी ६० वर्षीया बिजुली खत्रीको मृत्यु गएको वडाध्यक्ष नेत्रबहादुर बुढाथोकीले जानकारी दिनुभयो ।

घरमै बसिरहेका बेला परेको चट्याङ लागेर मृतक खत्रीका श्रीमान् सोमबहादुर बेहोस भए पनि अहिले अवस्थामा सामान्य रहेको जनाइएको छ । चट्याङबाट कुनै भौतिक क्षति भने नभएको वडाध्यक्ष बुढाथोकीले बताउनुभयो ।

जिल्लामा पछिल्ला केही दिन लगातार जसो चट्याङका घटना भइरहेका छन् । गत साता चट्याङ लागेर बागलुङ नगरपालिका–१४ मा एक युवाको ज्यान गएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>