चितवन विशेष

रेडियो त्रिवेणीले दियो ‘पत्रकार राहत कोष’लाई १५ हजार

Banner

चितवन, वैशाख ९–

चितवनको भरतपुरस्थित रेडियो त्रिवेणी १००.६ मेगाहर्जले नेपाल प्रेस युनियन चितवनले स्थापना गरेको ‘पत्रकार राहत कोष’मा १५ हजार रुपैयाँ सहयोग गरेको छ । रेडियो त्रिवेणीका प्रवन्ध निर्देशक सुदिप सिंह अधिकारीले आज (मंगलबार) युनियनका जिल्ला अध्यक्ष अनिल ढकाललाई सो रकम बराबरको चेक हस्तान्तरण गरे।

सो अवसरमा प्रवन्ध निर्देशक अधिकारीले कोरोना महामारीसंगैको लकडाउनका कारण प्रत्यक्ष मारमा परेका पत्रकार तथा संचारकर्मीलाई लक्षित गरी राहत कोष स्थापना गरेकोमा युनियनप्रति धन्यवाद व्यक्त गरे ।

युनियनका अध्यक्ष ढकालले रेडियो त्रिवेणीबाट विगतदेखि नै साथ र सहयोग रहँदै आएको भन्दै रेडियोप्रति कृतज्ञता व्यक्त गरे । प्रेस यूनियन चितवनको सोमबार बसेको बैठकले लकडाउनको बेलामा समस्यामा परेका पत्रकारहरुलाई सहयोग गर्ने गरी राहत कोष स्थापना गर्ने निर्णय गरेको थियो ।

यसअघि रेडियो त्रिवेणीले कोरोना महामारीमा जोखिम मोलेर बिरामीको सेवामा खटिने चिकित्सक तथा स्वास्थ्य कर्मीहरुलाई लक्षित गर्दै भरतपुर अस्पताललाई दुई चरणमा गरि ६० थान पिपिई सहयोग गरेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>