Breaking News
चीनबाट स्वास्थ्य सामग्री ल्याउन सेनाले गर्यो २ अर्ब २५ करोडको सम्झौता

काठमाडौं, वैशाख ९-
नेपाली सेनाले चीनबाट २ अर्ब २५ करोडमा मेडिकल सामग्री ल्याउन सम्झौता गरेको छ ।
सेनाले जि-टु-जी प्रक्रियाबाट स्वास्थ्य सामग्री तथा उपकरण खरिद गर्न लागेको हो। सोही सम्झौता अनुरूप चीनबाट तीन सय ४२ टन स्वास्थ्य सामग्री ल्याइने मंगलबार सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले भिडिओ कन्फरेन्समार्फत् जानकारी दिएका छन् ।
चीनबाट पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट (पीपीई) एन९५ मास्क लगायतका स्वास्थ्य सामग्री ३ सय ४० टन ल्याइनेछ । सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेकाअनुसार १ करोड ८४ लाख ४१ हजार ७०६.३५ अमेरिकी डलर अर्थात २ अर्ब २५ करोड बढीको सम्झौता भएको छ ।
स्वास्थ्य सामग्री खरिदका लागि आइतबार सेनाले अन्तिम सम्झौता गरेको थियो।
सातदेखि दस दिनमा पहिलो चरणको सामग्री आइपुग्ने भन्दै पाण्डेले पहिलो चरणमा अति आवश्यकीय सामग्री आइपुग्ने बताए।
३ सय ४२ टन सामग्री ल्याउन एकैपटक सम्भव नहुने भएकाले पनि विभिन्न चरणमा ल्याइने उनको भनाइ छ।
चीनले दिने सबै सामग्री व्यापारिक सहर ग्वान्जाओ ल्याइदिनेछ। त्यहाँबाट नेपाल सरकारले ल्याउनेछ ।