Breaking News
भारतमा कोरोना संक्रमणबाट ५ सय ९२ जनाको मृत्यु, संक्रमितको संख्या साढे १८ हजार माथि

काठमाडौं, बैशाख ९-
भारतमा गएको २४ घन्टायता करिव एक हजार कोरोना भाइरसका नयाँ संक्रमित थपिएसँगै कोरोना संक्रमितको संख्या १८ हजार ५ सय नाघेको छ ।
सोमबार एकै दिन भारतमा ९ सय २४ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।
वर्ल्डओमिटरका अनुसार भारतमा अहिलेसम्म संक्रमितको संख्या १८ हजार ५ सय ३९ पुगेको छ ।
भारतमा अहिलेसम्म कोरोना संक्रमणबाट ५ सय ९२ जनाको मृत्यु भइसकेको छ । गएको २४ घन्टामा भारतमा ३३ जनाले ज्यान गुमाएका छन् ।
संक्रमितमध्ये अहिलेसम्म भारतमा ३२ सय ७३ जना उपचारपछि ठिक भएका छन् । भारतमा सबैभन्दा बढी महाराष्ट्रमा कोरोना संक्रमण फैलिएको छ । त्यसपछि राजधानी नयाँ दिल्ली प्रभावित छ ।
दिल्लीमा दुई हजारभन्दा बढी कोरोना संक्रमित छन् । दिल्लीमा संक्रमितमध्ये ४५ जनाको मृत्यु भइसकेको त्यहाँको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।
कोरोना संक्रमण नियन्त्रण गर्न भारतमा लकडाउन जारी छ ।