Breaking News
कोरोनाले एक लाख ७० हजारको मृत्यु, २५ लाख संक्रमित
०

एजेन्सी,बैशाख ९-
कोरोना भाइरस संक्रमणका कारण विश्वभरमा एक लाख ७० हजार भन्दा धेरै मानिसको मृत्यु भएको छ । अमेरिकाको जोन्स हप्किन्स विश्वविद्यालयको तथ्यांकअनुसार अहिलेसम्म एक लाख ७० हजार २ सय ६१ जनाको मृत्यु भएको छ । त्यस्तै २४ लाख ७५ हजार ८ सय ४१ जना संक्रमित भएका छन् ।
यो भाइरसका कारण सबैभन्दा धेरै अमेरिकामा ४२ हजार दुई सय ९५ जनाको मृत्यु भएको छ । यहाँ संक्रमितको संख्या सात लाख ८६ हजार तीन सय ३८ पुगेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
छुटाउनु भयो कि?
>