Breaking News

सरकारको निर्णयले नेकपा भित्र खैलाबैला, नेताहरुलाई राजधानी नछोड्न प्रचण्डको निर्देशन

Banner

काठमाडौं, वैशाख ८–

सरकारले पार्टीको केन्द्रीय समिति वा संसदीय दलमध्ये एकमा ४० प्रतिशत मत पुर्‍याएर दल विभाजन गर्न सक्ने गरी अध्यादेश ल्याउने निर्णय गरेपछि सत्तारुढ दल नेकपा भित्रै खैलाबैला मच्चिएको छ । यस निर्णयले कतै नेकपा फुट्दै त छैन भन्ने प्रश्न उब्जाएको छ ।

यस्तो बेलामा पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डले आफूनिकट नेताहरुलाई काठमाडौं नछाड्न निर्देशन दिएका छन् । प्रचण्डले सरकारले गरेको निर्णय बारे छलफल चलिरहेको भन्दै राजधानी नछाड्न आफूनिकट नेताहरुलाई निर्देशन दिएको एक नेताले जानकारी दिए ।

यस्तै सरकारको यो निर्णयसंगै अहिले नेकपाको सचिवालय बैठक बालुवाटारमा बसीरहकेो छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>