समाचार
विदेशमा १०१ नेपालीको शव अलपत्र, २८ जनाको कोरोना भाइरसको संक्रमणले मृत्यु
०

काठमाडौं, बैशाख ८–
वैदेशिक रोजगारीका क्रममा गएका विभिन्न मुलुकमा नेपालीका १०१ शव अलपत्र अवस्थामा छन् ।
वैदेशिक रोजगारीका क्रममा साउदी अरब मलेसिया, युएई, कुवेत, कतार, साइप्रस, दक्षिण कोरिया र सेफल्समा ७४ जना नेपालीको मृत्यु भएको छ । बाँकी २८ जना नेपालीको भने कोरोना भाइरसको संक्रमणले मृत्यु भएको छ ।
वैदेशिक रोजगार बोर्डका अनुसार साउदी अरबमा २८, मलेसियामा १५, युएईमा १२, कतारमा ८, कुवेतमा ६, साइप्रस, दक्षिण कोरिया र सेफल्समा एक–एक जना नेपालीको मृत्यु भएको छ ।
श्रम स्वीकृति लिएर गएका तर दुर्घटना लगायतका अन्य विविध कारणले मृत्यु भएकाहरूको उतै सत्गत गराउन परिवारलाई मनाउने प्रयत्न भइरहेको छ ।
युएईमा मृत्यु भएका १२ जनामध्ये २ जना, दक्षिण कोरिया र सेफल्सका एक–एक जनाको भने परिवारले अनुमति दिएपछि उतै सत्गत गरिएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>