देश/प्रदेश
सुदूरपश्चिम प्रदेशमा २ हजार ५७८ को स्वाब संकलन, ५ जनामा कोरोना पोजेटिभ

कैलाली, बैशाख ८–
सुसुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयले धनगढीमा कोरोना भाइरसको मिडिया व्रिफिङ्गमा २ हजार ५ सय १ जनाको नेगेटिभ रिपोर्ट आएको बताएको छ ।
सुसुदूरपश्चिम प्रदेशमा अहिलेसम्म २ हजार ५ सय ७८ जनाको ब्लड स्वाब संकलन गरिएकोमा ५ जनामा कोरोना भाइरस पोजेटिभ रिपोर्ट आएको छ ।
पाजेटिभ रिपोर्ट आएका ५ जनामध्ये एक जना निको भएर घर गइसेकेका र बाँकी ४ जनाको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको जानकारी दिइएको छ ।
यसैगरी, कोरोना भाइरसको सम्भावित जोखिमलाई मध्यनजर गर्दै सुसुदूरपश्चिम प्रदेशले चैेत्र महिना अवधिभर भारतबाट आएका नेपालीको आरडीटीद्धारा चेकजाँच गर्ने पनि मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले चैत महिना अवधिभर भारतवाट आएका नेपालीको डाटा संकलन गरी चेकजाँच सुरु गरिने जानकारी दिएको छ ।
उनीहरुको विवरण संकलनमा सहयोग गर्न स्थानीय निकायलाई जिम्मा दिएको छ । अझै सुसुदूरपश्चिम प्रदेशमा १ हजार एक सय ९६ आरडिटी किट स्टक रहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।