चितवन विशेष
राप्तीको मस्जिदमा रहेका १२ जनाको गरियो र्यापिड टेस्ट
०

चितवन, वैशाख ७–
चितवनको राप्ती नगरपालिका–२ गड्यौलीस्थित एक मस्जिदमा रहेका १२ जनाको आज (आइतबार) द्रुत परीक्षण (र्यापिड डाइग्नोष्टिक टेस्ट गरिएको छ ।
परीक्षणका क्रममा उनीहरु सबैको रिपोर्ट नेगेटिभ आएको नगरपालिकाका उपप्रमुख इमानसिंह लामाले जानकारी दिए । उनले र्यापिड टेस्टमा नेगेटिभ आए पनि थप परीक्षणका लागि भोलि (सोमबार) स्वाब संकलन गरी भरतपुर पठाइने जानकारी दिए ।
उपप्रमुख लामाले मस्जिदमा रहेकाहरु सप्तरीबाट चितवन आएको बताए । उनले मस्जिद भित्रै उनीहरुलाई क्वारेन्टाइनमा राखिएको बताए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>