चितवन विशेष
पूर्वअध्यक्ष राजभण्डारीले दिए भरतपुर अस्पताललाई एन९५ माक्स
०

चितवन, वैशाख ७–
भरतपुर अस्पताल विकास समितिका पूर्वअध्यक्ष राजकुमार राजभण्डारीले भरतपुर अस्पताललाई आज (आइतबार) एक सय थान एन९५ माक्स प्रदान गरेका छन् ।
उनले अस्पताल विकास समितिका अध्यक्ष डा.भोजराज अधिकारीको रोहोबरमा मेडिकल सुपरिटेण्डेन्ट डा.श्रीराम तिवारीलाई माक्स हस्तान्तरण गरे । अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीलाई उपचारमा सुरक्षित हुन सहयोग पुगोस् भन्ने उद्धेश्यले आफूले सहयोग गरेको राजभण्डारीले बताए ।
माक्स ग्रहण गर्दै अस्पतालका मेडीकल सुपरिटेण्डेन्ट डा.तिवारीले सबैको सहयोग र शुभेच्छाले स्वास्थ्यकर्मीहरुमा मनोबल बढ्दै गएको बताए । यस्ता सहयोगले कोरोना संक्रमित बिरामीहरुको उपचारका लागि ठूलो सहयोग पुग्ने उनको भनाई थियो ।
यसअघि राजभण्डारी अध्यक्ष हुँदा अस्पताल विकासमा उनले उल्लेखनीय भूमिका निर्वाह गरेका थिए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>