अन्तर्राष्ट्रिय
अमेरिका–क्यानडा सिमाना थप ३० दिनका लागि बन्द हुने
०

काठमाडौं, बैशाख ७-
अमेरिका र क्यानडाबिचको सीमा थप एक महिना बन्द हुने भएको छ । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रूडाले शनिबार सीमा क्षेत्र थप ३० दिन बन्द गर्ने बताएका हुन् । गएको महिनादेखि सीमा क्षेत्र बन्द गरिएको छ ।
यसबीचमा अत्यावश्यक बाहेकका काममा आउजाउ गर्न पाइने छैन ।
कोरोना भाइरसको महामारीका कारण पहिल्यैदेखि अत्यावश्यक बाहेकका काममा यात्रा गर्न प्रतिबन्ध लगाइएको थियो । यो प्रतिबन्ध आउँदो मंगलबार सकिँदै थियो ।
क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले दुवैतर्फका नागरिकलाई सुरक्षित राख्न सिमाना बन्द गर्नु अत्यावश्यक भएको बताएका छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>