Breaking News
बाग्लुङकी वृद्धाको अन्तिम रिपोर्ट पनि कोरोना नेगेटिभ, डिस्चार्जको तयारी
०

बाग्लुङ, वैशाख ६–
बागलुङकी ६५ वर्षीया महिलाको अन्तिम कोरोना रिपोर्ट पनि नेगेटिभ आएको छ ।
नेपालको छैटौं कोरोना भाइरस (कोभिड–१९) संक्रमित बनेकी ती महिलाको आजको रिपोर्ट नेगेटिभ आएको हो । जिल्ला जनस्वास्थ्य कार्यालय बागलुङका जनस्वास्थ्य अधिकृत सुरज गुरौले महिलाको अन्तिम रिपोर्ट पनि नेगेटिभ आएको पुष्टि गरे । उनले ती वृद्धालाई डिस्चार्ज गर्ने तयारी गरिएको पनि जानकारी दिए ।
चैत २० गते संक्रमण पुष्टि भएपछि ती वृद्धालाई धौलागिरि अञ्चल अस्पतालमा भर्ना गरिएको थियो । उनी चैत ४ गते उनी बेल्जियमबाट कतार एयरको क्युआर ६५२ को फ्लाइटबाट नेपाल आएकी थिइन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
छुटाउनु भयो कि?
>