चितवन विशेष

लियो क्लव अफ नारायणगढ बालकुमारीको अध्यक्षमा जायश्वर

Banner

चितवन, वैशाख ६–

लियो क्लव अफ नारायणगढ बालकुमारीको अध्यक्षमा जायश्वर आचार्य चयन भएका छन् ।

यस्तै क्लवको उपाध्यक्षमा रिचेन्द्र पण्डित, सचिवमा अशोक अधिकारी, कोषाध्यक्षमा सरोज पाण्डे चयन भएको नवनिर्वाचित अध्यक्ष आचार्यले जानकारी दिए । नवनिर्वाचित समितिको कार्यकाल आउँदो जुलाई महिनादेखि सुरु हुनेछ ।

अध्यक्षमा निर्वाचित आचार्य समाजसेवामा सक्रिय छन् । उनीहरु हरेक सामाजिक कार्यहरुमा अग्रभागमा उभिने गरेका छन् । निर्वाचित अध्यक्ष आचार्यले क्लवलाई अहिले पनि उत्कृष्ट कार्यहरु गरिरहेको भन्दै आफूले अझै प्रभावकारी ढंगले अगाडि बढाउने प्रतिवद्धता जनाए । उनले लियाको मुल मर्म अनुरुप नै आफू अघि बढ्ने बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>