जोडिनुहोस
  • होमपेज
  • कोरोनालाई जितेकी प्रशिद्धिले भनिन्–‘कोरोना लाग्दैमा नआत्तिनुहोला’

कोरोनालाई जितेकी प्रशिद्धिले भनिन्–‘कोरोना लाग्दैमा नआत्तिनुहोला’

काठमाडौं, वैशाख ६–

कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट निको भएर डिस्चार्ज भएकी नेपालककी दोस्रो संक्रमित युवती प्रशिद्धि श्रेष्ठले कोरोना लाग्दैमा नआत्तिन सबैमा आग्रह गरेकी छिन् ।

कोरोनाबाट पूर्णरुपमा निको भएकी १९ वर्षीया युवती श्रेष्ठ आज टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोगबाट डिस्चार्ज भएकी हुन् । सो क्रममा न्यूज २४ टेलिभिजनसंग कुरागर्दै श्रेष्ठले आफूले राम्रो उपचार पाएको र छिट्टै निको भएकी बताइन् । उनले भने–‘विदेशबाट हुँदा मलाई लक्षण देखिएको थिएन, नेपालमा आएपछि हल्का देखिदा तत्कालै अस्पतालमा उपचार भए, मलाई उपचारमा सेवा गर्नुहुने सम्पूर्णलाई धन्यवाद ।’

यस्तै श्रेष्ठले आत्मबल उच्च बनाउँदै बसे कोरोनालाई जित्न सकिने बताइन् ।

उनी चैत १० गते कोरोना पुष्टि भएको थियो । लगत्तै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसनमा वार्डमा उपचाररत गरिएको थियो । उनी चैत ४ गते फ्रान्सबाट नेपाल आएकी थिइन् । त्यसैगरी टेकु अस्पतालमा चैत १२ गते कोरोना पोजिटिभ देखिएका धादिङका युवक उपचाररत छन् । उनी यूएईबाट चैत ६ गते नेपाल आएका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका