समाज

सरकारको निर्देशनपछि धमाधम अलपत्र पैदल यात्रीको उद्धार

Banner

काठमाडौं,बैशाख ६-

लगातारको लकडाउनपछि खर्चपर्च तथा खाद्यान्नको अभाव हुँदा गाउँ फर्किन लागेको मजदुरलाई सुरक्षाकर्मीले नै राजमार्गमा उपलब्ध गाडीमा चठाएर पठाउन थालेका छन् । सरकारको निर्देशनपछि राजमार्गमा खटिएका प्रहरीहरुले पैदल गाउँ फर्किन लागेका काठमाडौँमा काम गर्ने मजदुरहरुका समूहलाई काठमाडौँमा सामान छोडेर फर्किन थालेका ट्रक तथा लरीमा राखेर पठाउन थालेका हुन् ।

विशेष गरी निर्माण क्षेत्रमा काम गर्ने विभिन्न जिल्लाका मजदुरहरु हिँडेरै गाउँ फर्किन थालेको र उनीहरु बाटोमा बिचल्लिमा परेको सम्बन्धी लगातारको समाचार तथा त्यसलाई लिएर भएको चौतर्फी आलोचनापछि सरकारले नै पैदल यात्रीको उद्धार गर्ने निर्णय गरेको हो ।

लगातारको आलोचनापछि प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको उच्च स्तरीय समितिको बैठकले सम्बन्धित सबै निकायलाई पैदल यात्रीलाई यथास्थानमा रोकिन र उनीहरुलाई खानपानको व्यवस्था गर्न निर्देशन दिएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>