Breaking News

‘चितवनका कोरोना संक्रमित स्वस्थ मानिस जत्तिकै अवस्थामा’

Banner

चितवन, वैशाख ६–

कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएका चितवनमा दुई जना अहिले भरतपुर अस्पतालको आइसोलेसन कक्षमा छन् । कोरोना पुष्टि भइसकेपछि उनीलाई उच्च सतर्कताका साथ राखिएको छ । धेरैलाई जिज्ञाशा हुन सक्छ उनीहरुको स्वास्थ्य अवस्था कस्तो छ ? चिकित्सकका अनुसार उनीहरु अहिले सामान्य अवस्थामा छन् ।

भरतपुर अस्पताल विकास समितिका अध्यक्ष डा.भोजराज अधिकारीका अनुसार उनीहरुलाई आइसोलेशन कक्षमा क्याबिनमा जस्तै राखिएको छ । तर उनीहरुको स्वास्थ्य अवस्था भने निकै सामान्य रहेको डा.अधिकारीले बताए । उनले नारायणी अनलाइनसंग भने–‘उनीहरुको अवस्था देखेरै हामी चकित छौं, दुई जनानै हामी स्वस्थ मानिस भन्दा धेरै स्वस्थ छन् ।’ डा.अधिकारीका अनुसार उनीहरुलाई कुनै औषधि चलाइएको छैन । उनीहरुको उच्च निगरानी भने गरिएको छ ।

एक सातामा पुनः स्वाब परीक्षण गरिने

पहिलो चरणमा कोरोना संक्रमण पुष्टि भएपछि पूर्वीचितवनको राप्ती नगरपालिका–८ का ६३ वर्षीया महिला (आमा) र २७ वर्षीय पुरुष (छोरा)को एक सातापछि पुनः स्वाबबाट कोरोना भाइरस (कोभिड–१९) परीक्षण गरिने छ । अस्पतालका अध्यक्ष डा.अधिकारीले अवस्था सामान्य भएकोले एक सातापछि पुनः परीक्षण गरिने बताए । उनले भने–‘पछि परीक्षण गर्दा पनि पोजिटिभ देखिए अस्पतालमै राख्ने छौं, नभए नगेटिभ देखिए अवस्था हेरेर डिस्चार्ज गर्छौ ।’

राप्ती नगरपालिका–८ का ती ६३ वर्षीया आमा २७ वर्षीय छोरा चैत ३ गते कतार एयरवेजमार्फत काठमाडौं आइपुगेका थिए । ३ र ४ गते काठमाडौंमै बसेका उनीहरु चैत ५ गते सार्वजनिक बस चढेर चितवन आइपुगेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>