Breaking News

चितवनमा कोरोना संक्रमितको सम्पर्कमा रहेकाहरुको खोजी गरिदै

Banner

चितवन, वैशाख ५-

चितवनमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएकाहरुको सम्पर्कमा रहेकाहरुको ट्रेसिङ सुरु गरिएको छ । पूर्वीचितवनको राप्ती नगरपालिका वडा नं. ८ का ६३ वर्षीया महिला (आमा) र २७ वर्षीय पुरुष (छोरा)को शुक्रबार कोरोना संक्रमण पुष्टि भएपछि अन्यको ट्रेसिङ सुरु गरिएको हो । उनीहरु गत चैत ३ गते कतार एयरवेजमार्फत बेलायतबाट नेपाल आएका थिए । एक महिनापछि उनिहरुलाई कोरोना संक्रमण पुष्टि भएको हो । दुई दिन काठमाडौं बसेर उनीहरु चितवन आएका थिए ।

जिल्ला स्वास्थ्य कार्यालयको नेतृत्वमा ट्रेसिङ सुरु गरिएको प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईले जानकारी दिनुभयो । उहाँले संक्रमितको मनोबल बढाउने र अन्यलाई पनि सुरक्षित राख्नेतर्फ ध्यान केन्द्रित गरिएको बताउनुभयो । जिल्लामा लकडाउनलाई थप कडाई गरिएको भट्टराईले जानकारी दिनुभयो ।

उनीहरुको परिवार ठूलो भएकोले सबैको संख्या एकिन गर्न र सम्पर्कमा रहेकाहरुको खोजी गरिएको राप्ती नगरपालिकाकी मेयर प्रभा बरालले जानकारी दिनुभयो । उहाँले परिवारका सदस्यलाई होम क्वारेन्टिनमा बस्न भनिएको र बुद्ध शान्ति कलेजमा छुट्टै क्वारेन्टिन बनाएर राखिने जानकारी दिनुभयो ।

उनीहरुको बुधबार ¥यापिड डाइग्नोष्टिक टेस्ट (आरडीटी) गर्दा शंकास्पद देखिएको थियो । उनीहरुलाई तत्कालै भरतपुर अस्पताल ल्याइएको थियो । बिहीबार उनीहरुको भरतपुर कोभिड–१९ परीक्षण प्रयोगशालामा स्वाब परीक्षण गर्दा राती पोजिटिभ नतिजा आएको थियो । शुक्रबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको पुनः परीक्षण गर्दा दुई जनाकै कोरोना पोजिटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । उनीहरुलाई भरतपुर अस्पतालको आइसोलेसनको क्याविन कक्षमा राखिएको छ । भरतपुर अस्पतालका अध्यक्ष डा.भोजराज अधिकारीका अनुसार संक्रमित दुवै जनालाई भरतपुर अस्पतालकै आइसोलेसन वार्डमा राखेर उपचार गरिने छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>