देश/प्रदेश
चीनका लागि नेपाली राजदूतमा पाण्डे नियुक्त
०

काठमाडौं, वैशाख ५–
राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा २८२ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा पूर्वपरराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेलाई आज जनवादी गणतन्त्र चीनका लागि नेपाली आवासीय राजदूतमा नियुक्त गर्नुभएको छ ।
राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले आज विज्ञप्तिमार्फत सो जानकारी दिनुभएको हो । चीनका लागि नेपाली राजदूत लीलामणि पौड्याललाई फिर्ता बोलाई सरकारले पूर्वमन्त्री पाण्डेलाई सो पदमा नियुक्तिका लागि सिफारिश गरेकामा उहाँले संसदीय सुनुवाइ पूरा गरिसक्नुभएको थियो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>