Breaking News
हालसम्म ७ हजार ६८८ को पीसीआरबाट कोरोना परीक्षणः स्वास्थ्य मन्त्रालय
०

काठमाडौं, वैशाख ५–
सरकारले हालसम्म ७ हजार ६८८ जनाको आरटी पीसीआर प्रविधिमार्फत कोरोना भाइरस (कोभिड–१९) को परीक्षण गरिएको जनाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा बोल्दै मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले देशभरका १३ वटा पीसीआर मेसिनमा ७ हजार ६८८ जनाको परीक्षण गरिएको जानकारी दिए । यस्तै उनले १६ हजार ५६५ जनाको र्यापिड टेस्ट मार्फत परीक्षण गरिएको जानकारी दिए ।
प्रवक्ता देवकोटाले पछिल्लो २४ घण्टामा थप नयाँ कोरोनाको संक्रमित फेला नपरेको बताए । उनले विभिन्न ठाउँको पीसीआरमा आएको पोजिटिभ रिपोर्टको काठमाडौंमा थप परीक्षण भइरहेको बताए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>