समाज
आज हावाहुरी र असिनासहित बर्षा हुने
०

चितवन,बैशाख ५-
आज देशभरको मौसम आंशिकदेखि सामान्य बदली भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । स्थानीय वायुको प्रभावका साथै पश्विमी वायुको प्रभाव रहेकाका कारण मौसम बदली भएको जनाइएको छ।
पूर्वी र पश्चिमी क्षेत्र साथै मध्यका पहाडी भू भागमा अहिले आंशिकदेखि सामान्य बदली रहेको भएको मौसमविदले बताएका छन् । मध्य र पूर्वका केही स्थान तथा पश्चिमका थोरै स्थानमा मेघगर्जन र चट्याङ्ग तथा असिना र हावाहुरीसहित वर्षाको संभावना रहेको छ ।
राति पनि देशभर आंशिकदेखि सामान्य बदली रहने छ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>