समाचार
मेलम्ची खानेपानी आयोजनाको काम बन्द गर्न आग्रह
०

मेलम्ची, वैशाख ४-
हेलम्बु गाउँपालिकाको आज बसेको कार्यपालिकाको बैठकले मेलम्ची खानेपानी आयोजनालाई काम बन्द गर्न आग्रह गरेको छ । गाउँपालिका हुँदै आयोजनाका आवश्यक सामग्री ढुवानी गर्नुपर्ने हुँदा सर्वसाधारणमा भय र त्रास बढेकाले कार्यपालिकाले काम बन्द गर्न आग्रह गरेको हो ।
बुधबार जिल्ला प्रशासन कार्यालयले गापामा औषधि र खाद्यवस्तुबाहेकका कुनै पनि गाडी प्रवेश गर्न नदिनु भन्ने परिपत्रबमोजिम आयोजनाका गाडी प्रवेशमा रोक लगाइएको गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले बताउनुभयो । त्यसैगरी आजको बैठकले गापाको कामबाहेक कर्मचारी र जनप्रतिनिधिलाई गाउँपालिका बाहिर जान रोक लगाएको छ ।रासस
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>