समाज

चीनको अध्ययनः कोरोनाको भ्याक्सिन पत्ता नलागेसम्म लकडाउन खोल्न मिल्दैन

Banner

एजेन्सी,बैशाख ४-

कोरोना भाइरसको भ्याक्सिन पत्ता नलागेसम्म विश्वभर भइरहेको लकडाउन पूर्ण खुला गर्न नमिल्ने एक अध्ययनले जनाएको छ । चीनको महामारीलाई आधार मानेर गरिएको यो अध्ययनको नतिजा मेडिकल जर्नल द लान्सेटमा प्रकाशित छ । दैनिक जीवनमा चीनले गरेको कडाइकै कारण कोभिड–१९ को पहिलो लहर देशमा धेरै भूभागमा फैलन पाएन । तर अनुसन्धानकर्ताहरुले अपरिपक्व रुपमा लकडाउन खुला गर्दा दोस्रो लहरको संक्रमण निम्तनसक्ने सम्भावना औंल्याएका छन् ।

अहिले विश्वभर फैलिएको कोरोनाको उद्गम मानिएको उहान शहरमा गत साता (८ अप्रिलमा) अधिकारीहरुले ७६ दिने लकडाउन खुला गरेका थिए । यद्यपि, रेल र पर्यटकीय क्षेत्रमा भीड जम्मा हुने जोखिम देखेका अधिकारीहरुले केही न केही रुपमा कडाई अझै कायम राख्नेछन् । ‘नियन्त्रणका नियमले संक्रमितको संख्यालाई धेरै तल्लो तहमा झारेका छन्, तर कोभिड–१९ विरुद्ध हर्ड इम्युनिटी (सामूहिक रोग प्रतिरोधी क्षमता) नभएको अहिलेको अवस्थामा संक्रमण फेरि बढ्न सक्छ । व्यापार, कारखाना सञ्चालन, विद्यालय फेरि खुल्दा र सामाजिक गतिविधि बढ्दा कोभिड–१९ को संक्रमण फेरि फैलनेछ र विशेषगरी विदेशबाट रोग आयात हुने जोखिम बढ्नेछ,’ यस अनुसन्धानमा संलग्न लेखकमध्ये एक हङकङ विश्वविद्यालयका प्रोफेसर जोसेफ टी उले भनेका छन् ।

सरकारले कडाई बिस्तारै खुकुलो गर्ने र संक्रमणलाई नजिकबाट निगरानी गर्ने कार्य नगरे संक्रमणको गति बढ्ने चेतावनी उनले दिएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>