Breaking News
नेपालमा दुई दिनदेखि कोरोनाका नयाँ बिरामी फेला परेनन्ः स्वास्थ्य मन्त्रालय
०

चितवन,बैशाख ४-
स्वास्थ्य मन्त्रालयले विगत २४ घण्टामा गरिएको परीक्षणमा कसैमा पनि कोरोनाभाइरस सङ्क्रमण नभेटिएको जनाएको छ।
बुधवार पनि कुनै सङ्क्रमित फेला परेका थिएनन्। अहिलेसम्म पुष्टि भएका सङ्क्रमित व्यक्तिको सङ्ख्या १६ छ। तीमध्ये एक जना पहिला नै निको भइसकेका छन् भने १५ जना विभिन्न अस्पतालमा छन्।
बिहीवार अपराह्ण नियमित पत्रकार सम्मेलनमा बोल्दै मन्त्रालयका प्रवक्ता विकास देवकोटाले विगत २४ घण्टामा पीसीआर विधिबाट ३६९ वटा नमुनाको परीक्षण गरिएको तर कुनैमा पनि कोरोनाभाइरस नभेटिएको बताए।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
छुटाउनु भयो कि?
>