Breaking News
चितवनमा भोलिदेखि विहान १० देखि ४ बजेसम्म मात्रै अत्यावश्यक पसल खोल्न पाइने
१

चितवन, वैशाख ४–
चितवनमा लकडाउनको अवधिभर विहान १० बजेदेखि दिउँसो ४ बजेसम्म मात्रै अत्यावश्यक पसलहरु संचालन गर्न पाइने भएको छ ।
जिल्ला सुरक्षा समिति चितवनको आज (बिहीबार) बसेको बैठकले वैशाख ४ गते मध्यरातदेखि लागु हुने गरी लकडाउनको अवधि वैशाख १५ गतेसम्मका लागि सो समयमा मात्र पसल संचालन गर्न दिने निर्णय गरेको हो ।
संचालन गर्न पाइने पसलहरुमा औषधि पसल, खानेपानीका जारहरु बेच्ने पसल (थोक पसल मात्र), ग्यास डिपोहरु, पेट्रोल पम्पहरु, खाद्यान्न मात्र विक्री गर्ने पसलहरु, पशुपंक्षीका दाना विक्री गर्ने पसलहरु, ठेलागाडा र साइकलमा तरकारी बेच्ने र डेरीहरु मात्र संचालन गर्न पाइने जिल्ला प्रशासन कार्यालय चितवनका प्रशासकिय अधिकृत खेमराज पौडेलले जानकारी दिए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>