Breaking News
चितवनमा यसरी हुँदैछ धमाधम र्यापिड टेस्ट (फोटोफिचर)
०

चितवन, वैशाख ४–
सरकारले ७ सय वटा किट पठाएपछि चितवनमा धमाधम द्रुत परीक्षण (र्यापिड डाइग्नोस्टिक टेस्ट) भइरहेको छ । आज (बिहीबार) भरतपुर महानगरपालिकाको विभिन्न स्थानहरुमा र्यापिड टेस्ट भइरहेको छ ।
भरतपुर महानगरपालिका–९ को वडा कार्यालयमा आज १७ जनाको द्रुत परीक्षण गरिएको छ भने शारदानगर, मेघोलीलगायतका स्थानमा परीक्षण भइरहेको जिल्ला स्वास्थ्य कार्यालय चितवनका प्रमुख दिपक तिवारीले नारायणी अनलाइनलाइ जानकारी दिए । यस्तै पूर्वीचितवनको रत्ननगर, राप्तीलगायत सबै स्थानीय तहमा पनि परीक्षण भइरहेको प्रमुख तिवारीले बताए ।
हिजो (बुधबार) र्यापिड टेस्टमा एक जनाको पोजिटिभ देखिएको थियो भने राती पीसीआर मेसिनमा गरिएको परीक्षणमा नेगेटिभ रिपोर्ट आएको थियो । यस्तै अन्य केही शंकामा रहेका व्यक्तिहरुको पनि पीसीआर मार्फत कोरोना परीक्षण हुँदैछ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>