Breaking News

भारतमा कोरोना संक्रमण बढ्दै गएपछि सीमामा सशस्त्र प्रहरीले बढायो निगरानी

Banner

भैरहवा, वैशाख ४-

सीमामा स्थायी रुपमा सशस्त्र प्रहरी खटाएर २४ घण्टा निगरानी थालिएको छ ।

भारतमा कोरोना संक्रमण बढ्दै गएपछि प्रदेश ५ का नाकाहरुबाट नागरिक भित्रिन नदिन कडा निगरानी गरिएको छ। दुई सुरक्षाकर्मीको दिनरात परिचालनपछि मानवीय आवतजावत ठप्प भएको छ ।

आवतजावत हुने सबै नाकादेखि लिएर आउन सक्ने झाडी खोल्सासम्म सबैतिर सशस्त्र प्रहरी परिचालन गरिएको छ। यसको अलावा सीमा क्षेत्रमा रहेको नेपाल प्रहरीको इप्रका र चौकीको जनशक्तिले पनि सीमामा निगरानी गर्नुका साथै सीमासँग टाँसिएको गाउँहरुमा निगरानी गरिरहेको छ।

प्रशासनले सीमा क्षेत्रबाट नागरिक भित्रिने क्रम शून्य रहेको दाबी गरेका छन् । प्रदेश ५ का ६ वटा सीमावर्ती जिल्लाबाट नेपाल भित्रिने जोखिम छ। तीनै जोखिमयुक्त नाकामा कडा निगरानी गरिएको हो । सीमाबाट नेपाल प्रवेश गर्ने मालवाहक गाडी चालक र सहचालक बाहेक अरु नभित्रिएको प्रशासनले जनाएको छ । भारतसँग जोडिएको रुपन्देहीको सीमाबाट आवतजावत हुन सक्ने विषयलाई मध्यनजर गर्दै नेपाल प्रहरी र सशस्त्र प्रहरीले योजनावद्ध रुपमा सीमामा निगरानी थालेका छन् । यसमा सर्वसाधरणले पनि सुरक्षाकर्मीलाई सहयोग गरिरहेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>