स्वास्थ्य
देशभर १५ हजार ८ सयको कोरोना भाइरस परीक्षण : स्वास्थ्यमन्त्रालय
०

काठमाडौँ, वैशाख ३-
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अहिलेसम्म देशभर कुल १५ हजार ८ सय जनाको कोरोना भाइरस परीक्षण भएको जनाएको छ । यस्तै गत चौबीस घन्टामा कुल २ हजार ८ सय ९४ जनाको परीक्षण भएको छ ।
स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा बुधबार मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले यसबारे जानकारी दिएका हुन् ।
यसमा पिसिआर विधिबाट ६ हजार ८ सय ७१ र र्यापिड टेस्टबाट ८ हजार ९ सय २९ जनाको परीक्षण भएको हो ।
डा. देवकोटाले अहिलेसम्म देशभर ५ हजार ५ सय १४ जना क्वारेन्टाइनमा रहेको जानकारी दिए । यस्तै आइसोलेसनमा भने ११७ जना छन्, जसमध्ये उपत्यकामा ११ जना र उपत्यकाबाहिर १०६ जना छन्। देशभर रेडजोनमा भने १३ जना रहेको उनले जानकारी दिए । डा.देवकोटाका अनुसार देशका अधिकांश जिल्लामा र्यापिड टेस्ट सुरु भइसकेको छ भने १४ वटा जिल्लामा अझै सुरु हुन बाँकी छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
छुटाउनु भयो कि?
>