Breaking News

चितवन प्रवेश गर्नेलाई यसरी गर्न थालियो सेनिटाइज

Banner

चितवन, वैशाख ३–

नेपाली युवा उद्यमी मञ्च चितवनले नारायणगढस्थित पुलचोकमा कोरोना भाइरसको जोखिम बढ्दै गएपछि शुद्धिकरण यन्त्र ‘सेनिटाइजिङ मेसिन’ राखेको छ । नवलपरासी हुँदै चितवन आउने यात्रुहरु सो मेसिनमा सेनिटाइज भएर मात्र प्रवेश गर्न पाउने छन् ।

सो सेनिटाइजिङ मेसिनको आज (बुधबार) प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराइले शुभारम्भ गरे । सो क्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी भट्टराईले कोरोना संक्रमणको बेलामा चितवनका युवाहरुले खेलेको भूमिका अनुकरणीय रहेको बताए । चितवन प्रवेश गर्ने यात्रुहरुको पुरै शरीर शुद्धिकरण गर्ने उद्देश्यले ‘सेनिटाइजिङ मेसिन’ राखिएको मञ्चका अध्यक्ष दाताराम घिमिरेले जानकारी दिए । सेनिटाइजिङ मेसिन बनाउन करिव डेढ लाख रुपैयाँ खर्च भएको मञ्चले जनाएको छ ।

‘सेनिटाइजिङ मेसिन’मा एक पटकमा चार जना भित्र प्रवेश गर्न मिल्ने छ । १० सेकेण्डमा पूर्ण रुपमा सेनिटाइज भइसक्ने मञ्चका सदस्य कृष्ण सापकोटाले जानकारी दिए । उनले हातमा मात्रै स्यानिटाइजर लगाएर नहुने भएकाले पुरै शरीर स्यानिटाइजका लागि यो उपकरण तयार पारिएको बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>