Breaking News

विश्वमा कोरोना संक्रमितको संख्या २० लाख नाघ्यो, १ लाख २६ हजारको मृत्यु

Banner

काठमाडौं, वैशाख ३–

चीनको वुहानबाट सुरु भएको कोरोना भाइरस (कोभिड–१९)को संक्रमणले अहिले विश्वभर जरो गाडेको छ । बुधबार बिहानसम्ममा विश्वभर कोरोनाबाट संक्रमित हुनेको संख्या २० लाख नाघेको छ । बुधबार बिहान ११ बजेसम्ममा २० लाख ६५ जनामा कोरोना संक्रमण भेटिएको छ । कोरोनाको इपिसेन्टर अहिले युरोप, अमेरिका नै बनेको छ ।

सबैभन्दा बढी संक्रमित हुने देशको पहिलो नम्बरमा विश्वकै शक्तिशाली मुलुक अमेरिका रहेको छ । बुधबार बिहानसम्ममा अमेरिकामा ६ लाख १४ हजार कोरोना संक्रमित पुगेका छन् । जहाँ २६ हजार ६४ जनाले ज्यान गुमाइ सकेका छन् । यस्तै ३८ हजार ८२० जना संक्रमित मात्रै निको भएका छन् । यस्तै इटलीलाई पछि पार्दै स्पेन दोस्रो नम्बरमा पुगेको छ । स्पेनमा १ लाख ७४ हजार संक्रमित पुगेका छन् भने १८ हजार २५५ जनाको मृत्यु भइसकेको छ । तेस्रो नम्बरमा रहेको इटलीमा १ लाख ६२ हजार ४८८ जना कोरोना संक्रमित छन् भने २१ हजार ६७ जनाको मृत्यु भइसकेको छ ।

यस्तै चौथो नम्बरमा फ्रान्स रहेको छ । जहाँ १ लाख ४३ हजार ३०४ जना कोरोना संक्रमित रहेका छन् भने १५ हजार ७२९ जनाको मृत्यु भइसकेको छ । पाँचौं नम्बरमा रहेको जर्मनीमा १ लाख ३२ हजार कोरोना संक्रमित पुगेका छन् भने ३ हजार ४९५ जनाको मृत्यु भएको छ । यस्तै छैटौंमा बेलायत रहेको छ । जहाँ ९३ हजार ७३ जनामा कोरोना संक्रमण देखिएको छ भने १२ हजार १०७ जनाको मृत्यु भएको छ । त्यस्तै कोरोनाको उद्गम विन्दु चीन भने सातौं नम्बरमा झरेको छ । चीनमा ८२ हजार कोरोना संक्रमित रहेका छन् भने ३ हजार ३४२ जनाको मृत्यु भएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>