देश/प्रदेश

बालिकालाई बलात्कार गर्ने आफन्त पक्राउ

Banner

दाङ, वैशाख २–

बलात्कार गरी फरार भएका अभियुक्तलाई प्रहरीले आज पक्राउ गरेको छ । बालिकालाई बलात्कार गरेको आरोपमा सात महिनादेखि फरार अभियुक्तलाई इलाका प्रहरी कार्यालय तुलसीपुरले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा २५ वर्षीय थम्मनबहादुर कुँवर रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायब उपरीक्षक हरिहरनाथ योगीले दिनुभयो । गत भदौ २४ गते बालिकालाई बलात्कार गरी फरार रहेका युवकलाई चैत २९ गते पक्राउ गरी आवश्यक कारवाहीका लागि प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ । कुँवरमाथि हाडनाता करणी र जबर्जस्ती करणीसम्बन्धी मुद्दा चलाइएको बताइएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>