Breaking News
२ हजार जना बस्ने सनसिटी अपार्टमेन्टमा भित्रबाहिर गर्न निषेध, सुरक्षाकर्मीको पहरा

काठमाडौँ, वैशाख २-
काठमाडौँको पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा बसोबास गरिरहेका दुई जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । सोमबार ¥यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) किट गर्दा कोरोना भाइरसको आशङ्का भएपछि उनीहरुको रियल टाइम पोलिमरेज चेन्ज रियाक्सन (पीसीआर) बाट परीक्षण गर्दा कोभिड–१९ को सङ्क्रमण देखिएको मन्त्रालयका सहप्रवक्ता डा समिर अधिकारीले जानकारी दिए ।
पेप्सीकोला टाउन प्लानिङस्थित सनसिटी अपार्टमेन्टमा बेलायतबाट चैत ५ गते आएका एकै परिवारका तीन जनामध्ये दुईजनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । ५ सय परिवारका करिब २ हजार बस्ने उक्त अपार्टमेन्टमा ४ साताअघि बेलायतबाट आएको परिवारमा कोरोना भाइरसको संक्रमण देखिएपछि यहाँ अहिले सिल गरिएको छ ।
सिल गरेसँगै मानिसहरुलाई भित्रबाट बाहिर आउन दिइएको छैन् । नेपाल प्रहरी अपार्टमेन्टबाहिर बसेका छन्। भित्र भने सनसिटीकै गार्डहरु छन् । त्यससँगै अत्यावश्यक काम परेका त्यहाँभित्र रहेकालाई गेटसम्म आउन दिइएको छ ।