समाचार

राप्रपाका अध्यक्ष राणाद्वारा सीमा नाकामा थप कडाई गर्न सुझाव

Banner

काठमाडौं, वैशाख २-

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपति शमशेर राणाले भारतीय सीमानाबाट लुकिछिपी नेपाल प्रवेश गर्ने क्रम तुरुन्त नियन्त्रण गर्नुपर्ने बताउनुभएको छ । कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्ने प्रयासमा सुरक्षा अंग थप प्रभावकारी ढंगले परिचालन गरी भारतबाट अनाधिकृत रूपमा नेपाल आउने क्रम अन्त्य गर्नु जरूरी भएको उहाँले सामाजिक सञ्जाल ट्वीटमार्फत सरकारलाई सुझाउनु भएको हो ।

सुदूरपश्चिमका कैलालीलगायत सीमावर्ती जिल्लाहरूमा खेतबारी, गोरेटो र जंगलबाट बन्दाबन्दीमै लुकिछिपी नेपाल प्रवेश गर्ने क्रम जारी रहेको देखिएको उल्लेख गर्दै अध्यक्ष राणाले ती स्थानमा सख्त निगरानी गर्नुपर्ने बताउनुभएको छ । साथै भारतको दिल्लीस्थित निजामुद्दिनमा सम्पन्न धार्मिक भेलासँग सम्बन्धित कोरोना भाइरसको जोखिमप्रति पनि नेपालले उच्च सतर्कता अपनाउनु पर्ने उहाँको भनाइ छ ।

कोरोना संक्रमणको संवेदनशीलता र सावधानीलाई ध्यानमा राख्दै यस अवधिमा भारतबाट कति मानिस गाउँघर भित्रिए भन्ने यथार्थ जानकारी राख्नुपर्ने र त्यस्ता व्यक्तिलाई उच्च सतर्कताका साथ क्वारेन्टाइनमा राख्नु पर्ने अध्यक्ष राणको सुझाव छ । काठमाडौँ आसपासका जिल्लाका किसानले तरकारीको उचित मूल्य नपाएपनि बिचौलीयाका कारण राजधानी भित्रिने तरकारीको भाउ अचाक्ली बढेकोमा उहाँले सरकारको ध्यानाकर्षण गराउँदै समाधानका लागि किसान र उपभोक्ता दुवैलाई लाभ हुने गरी संकटकालीन ढुवानी व्यवस्था लागू गर्न माग गर्नुभएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>