समाचार

क्वारेन्टाइनबाट भागेका दुई जना नियन्त्रणमा, पुनः क्वारेन्टाइनमै फर्काइयो

Banner

कञ्चनपुर, २ वैशाख-

कञ्चनपुरको वेदकोट नगरपालिका–९ सुन्दरपुरस्थित कृषि तालीम केन्द्रको भवनको क्वारेन्टाइनबाट भागेका दुई जनालाई नियन्त्रणमा लिई पुनः आज क्वारेन्टाइनमा राखिएको छ । गएराति क्वारेन्टाइनको छतबाट हामफालेर भागेका निरज कुवँर र सुरज कुवँरलाई घरबाटै सुरक्षाकर्मीको सहयोगमा नियन्त्रणमा लिई क्वारेन्टाइनमा राखिएको नगरपालिकाको क्वारेन्टाइन व्यवस्थापन समितिका संयोजक रामसिंह धामीले बताए ।

“दुवै जनालाई घरमै फेला पारी ल्याएर पुनः क्वारेन्टाइनमा राखेका छौँ”, उनले भने । क्वारेन्टाइनको सुरक्षार्थ दुई जना शुरक्षाकर्मीसमेत तैनाथ गरिएका छन् । क्वारेटन्टाइनको सुरक्षा व्यवस्थामा कडाइ गरिएको छ । गत चैत २० गते दुवै जना भारतको नयाँ दिल्लीबाट फर्केपछि क्वारेन्टाइनमा बस्दै आएका थिए । क्वारेन्टाइनमा भारतबाट फर्केका २३ जनालाई राखिएको छ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>