Breaking News
काठमाडौंको सनसिटी अपार्टमेन्टका दुई जनामा कोरोना पुष्टि, एक जनाको रिपोर्ट आउन बाँकी
०

काठमाडौं, वैशाख २–
नेपालमा थप दुई जनामा कोरोना पुष्टि भएको छ । काठमाडौंको पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टबाट अस्पताल भर्ना गरिएका दुई जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको हो । उनीहरु मध्ये एक जनाको भने रिपोर्ट आउन बाँकी छ । सोमबार तीन जनाको ¥यापिड टेष्टमा पोजेटिभ रिपोर्ट आएको थियो ।
उनीहरु २८ दिनअघि बेलायतमा फर्किएका थिए । उनीहरुलाई पाटन अस्पताल भर्ना गरेर थ्रोट स्वाब संकलन गरिएको थियो ।
उनीहरु मध्ये दुई जनाको रिपोर्ट आएको छ र, कोरोना संक्रमण पुष्टि भएको छ । बाँकी एकको रिपोर्ट आउन बाँकी रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतले जनाएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>