अन्तर्राष्ट्रिय
भारतमा १० हजार बढी कोरोना संक्रमित, मृत्यु हुने ३३९ जना
०

एजेन्सी,बैशाख २-
भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १० हजार नाघेको छ । अहिलेसम्म भारतमा संक्रमितको संख्या १० हजार ३६२ पुगेको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । त्यसमध्ये ३३९ जनाको मृत्यु भएको छ भने एक हजार ३५ जनामा संक्रमण निको भएको छ वा अस्पतालबाट डिस्चार्ज भएका छन् ।
सबैभन्दा बढी संक्रमित दिल्ली तथा महाराष्ट्रमा छन् । दिल्लीमा सोमबार एकै दिन अहिलेसम्मकै धेरै नयाँ संक्रमित थपिएका छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>